माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका नेकपा एमालेको प्रदेश १ का १० जना सांसदहरुले आज बुधबार निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरे । योसँगै प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य स्पष्टरुपमा अल्पमतमा परेका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ वा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुन्छ ।
प्रदेश १ मा अब एकीकृत समाजवादी नेता एवं भोजपुरबाट प्रदेशसभामा निवार्चित सांसद राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने चर्चा छ । उनकै नेतृत्वमा १० जना एमाले सांसदहरु एकीकृत समाजवादीमा खुलेका हुन् । आज(बुधबार) निर्वाचन कार्यालयमा सनाखत पछि सञ्चारकर्मीहरुसँग भएको प्रश्नोत्तरलाई संक्षिप्तरुपमा प्रस्तुत गरेका छौं:
प्रश्न: अब अविश्वासको प्रस्ताव कहिले दर्ता गर्नुहुन्छ ?
उत्तर: अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने अहिले छैन । यो संख्या दर्ता भइसके पछि अल्पमतमा परेको उहाँ(मुख्यमन्त्री भीम आचार्य)हरुलाई थाह भइसकेको छ । त्यसकारण केही समय आशा गर्छौं । नैतिकताको रुपमा उहाँले छोड्नुहुन्छ भन्नेमा एक, दुई दिन प्रतिक्षा गछौं ।
प्रश्न: विगतमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन दिनुभएको थियो, अहिले उहाँलाई नै हटाउदै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
उत्तर: पार्टी लाइनको हिसाबले उहाँले प्रतिगामी कित्तामा यो व्यवस्था, संसदलाई समाप्त पार्ने कित्तामा उभिनु भएको हुनाले अहिले हामीले भीम आर्चाको विपक्षमा उभिनु परेको छ ।
प्रश्न: तपाईलाई मुख्यमन्त्रीको दाबेदारकोरुपमा हेरिएको छ, कति सदस्यीय मन्त्रीमण्डल बनाउने कुरा छ ?
उत्तरः दाबेदार त होइन, तर यो गठबन्धनको सरकार देशैभर बनिरहेको सन्दर्भमा अरु घटकले केन्द्र सरकार, प्रदेश सरकारको जिम्मेवार पाइसकेको हुनाले अब माधव नेपाल पक्ष एकीकृत समाजवादी पार्टीको नेतृत्वमा कही पनि नबनेको हुनाले आशा गरेका हौं । कति सदस्यीय सरकार भन्ने परिकल्पना गरेका छैनौं।
प्रश्न: हस्ताक्षरकर्ताहरु १० जना भन्दा बढ्ने भन्नुभएको थियो, सम्भावना के छ ?
उत्तरः अरु ५, ७ जना साथीहरुसँग कुरा भइरहेको छ । उहाँहरुले ठाडो इन्कारी नगरेको, जिल्लाका साथीहरुसँग कुराकानी चलिरहेको हुनाले जवाफ दिनु भएको छैन । केही साथीहरु आउछन् भन्ने विश्वास छ ।

प्रश्न: सरकार गठनको प्रक्रिया कहिले शुरु हुन्छ ?
उत्तरः २३ गते मत्र दल छनौट पछिको हामीलाई आधिकारिकरुपमा प्रमाणपत्र दिनुहुन्छ, र त्यसपछि मात्र सरकारीरुपमा हाम्रो कागजपत्र चल्ने भएको हुनाले त्यसपछाडि नै हुन्छ, यसरी त भन्न सकिदैन ।
प्रश्न: यति लामो संघर्ष गरेर बनाएको पार्टी, आज आएर अलग दल रोज्नुभयो, कस्तो कस्तो भएको छ कि छैन ?
उत्तरः केपी ओली भन्दा बाहिर बस्नेहरु, मेरो वपरीपरी धेरै कामरेडहरु हुनुहुन्छ । उहाँहरुले १०, १५, २० बर्षभन्दा बढी समयदेखि यो पार्टी बनाउन, कठित समयमा दुःख मेहतन गरेर बनाउनुभयो । हामीले पनि गर्यौं । त्यसैले पार्टी विभाजन पनि प्रिय छैन, नयाँ पार्टी खोल्नुपर्ने, एमाले छोड्नुपर्दा प्रिय त छैन । तर जर्बजस्ती केपी ओलीले निकालेको हुनाले त्यतिकै पलायन भएर पनि बस्न सकेनौं, त्यसकारण यो हाम्रो बाध्यता हो ।
प्रश्न: सरकार नेतृत्वको दाबी गर्नुहुन्छ कि गर्नुहुन्छ ?
उत्तरः दाबीको कुरा छैन, हामी सहमतिपुर्णढंगले यो अहिलेको प्रतिगमन, प्रतिगामी कदमकोविरुद्धमा, निरंकुशताको विरुद्ध लागिरहेको हुनाले हाम्रो चुनावसम्म पनि सहयात्रा गर्नुपर्ने भन्ने निष्कर्ष निष्केको हुनाले सल्लाहको साथ निर्णयमा पुग्छौं, उछिनापाछिन गर्दै दाबी गर्दैनौं ।
प्रश्न: केही सहमति भएको छ ?
उत्तरः प्रारम्भिक छलफल गरेका छौं । हामी सामुहिकढंगले साझा निष्कर्ष निकालेर केन्द्रीय नेताहरुलाई पनि दुःख कष्ट नदिने, हामी आफैले सहमतिले प्रस्ताव गर्ने भन्ने छ ।
प्रश्नः गठबन्धनमा तपाईको नाममा सहमति भएको हो ?
उत्तरः गठबन्धनका नेताहरुको बीचमा सहमति भएको छ ।
प्रश्न: भिम आचार्यले राजिनामा दिन मान्नु भएन भने के गर्नुहुन्छ ?
उत्तरः त्यो त संवैधानिक बाध्यता छ । उहाँले १ महिनामा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो पर्खन पनि हामी सक्छौं । त्यो भन्दा अअघि दलको बैठक बसेर संयुक्तरुपमा अविश्वासको प्रस्तावको बाटो वा राजिनामा माग्ने बाटोमा पनि हामी जानसक्छौं ।
प्रश्न: तपाईले नै यो सरकार भदौ महिना कट्दैन भन्नु भएको थियो, तर ३० दिन पर्खादा त कट्छ नि ?
उत्तरः हिजो हामीसँगै रहनु भएको हुनाले अझै अलिकति, छेउछाउमा कुनाकानीमा नैतिकता होला भन्ने विश्वास भएको हुनाले उहाँले अगाडि नै राजिनामा दिनुहुन्छ भन्ने लागेको छ । तर, केही ओलीको संगतमा धेरै बिग्रनु भयो भने पनि ठेगान लगाउन उपाय खोजौला ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
                     
		


 
		 
		 
		 
		



