सुनसरी: इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
इटहरी १७ बडहराकी ५० बर्षीया लता कुमारी श्रेष्ठको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिउँसो साँढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल लैजाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







