मोरङः सवारी ज्यान मुद्दा र लागुऔषध मुद्दामा कैद फैसला भएपनि फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का रामबहादुर वन र वडा नं १ का लक्ष्मी गुरुङ रहेका छन् । मोरङ प्रहरीका अनुसार वनलाई मोरङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ६ दिन कैद गर्ने फैसला गरेको थियो । उनलाई २०७० बैशाख १२ गते अदालतले उनलाई यस्तो फैसला सुनाएको थियो । 

यसैगरि, मोरङ प्रहरीका अनुसार लागु औषध मुद्दामा गुरुङलाई पनि मोरङ जिल्ला अदालतले कैद र जरिवाना फैसला सुनाएको थियो । उनलाई अदालतले २०७६ फागुन १३ गते १० महिना १७ दिन कैद र नगद ५ हजार जरिवाना सुनाएको थियो । दुवै प्रतिवादी भने फरार थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको र मोरङ कारागार चलान भइसकेको मोरङ प्रहरीले जनाएको छ ।