धरानः ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा धरानमा कविता प्रतियोगिता आयोजना भएको छ । 

धरान नगर बाल सञ्जालले आयोजना गरेको प्रतियोगितामा प्रभाष नेपाल प्रथम भए भने प्रमेश आले मगर द्धित्तिय, तुलसा राई तृतिय भएका छन् । यस्तै, रेजिना लामिछाने र अंकित ढुंगाना सान्त्वना भएका छन् । उनीहरुलाई उपप्रमुख मञ्जु भण्डरीले नगदसहित प्रमाण पत्र प्रदान गरिन् । प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय हुनेलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार रुपैयासहित प्रमाण पत्र वितरण गरिएको थियो । सान्त्वना हुने दुबै जनालाई जनही १ हजार रुपैयाँसहित प्रमाण पत्र वितरण दिइएको थियो ।

bal-club

शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कट्वाल, सामाजिक महाशाखा प्रमुख प्रज्ञादेखि निरौला र बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले प्रतियोगिताको सहजीकरण गरेका थिए । बालबालिका र कोरोना महामारी भन्ने शिर्षकमा १४ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए । उपप्रमुख भण्डारीले धरानका बाँकी रहेका केही वडाहरुलाई पनि बालमैत्री घोषणा गरेर धरानलाई बालमैत्री नगर घोषणा गरिने बताइन् । बालबालिकाको क्षमता विकास गर्ने दायित्व नगरपालिकाको रहेको उनले बताइन् । कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायन जस्ता प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

bal-club2