धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्ने दायित्व सबैको काँधमा आएको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले लामो समयदेखिको राजनीतिक द्धन्द समाप्त गर्दै राष्ट्रिय एकता, शान्त, समुन्नत र समृद्ध नेपाल बनाउनुपर्ने दायित्व सबैमा आएको पनि उल्लेख गरेका छ्न । ‘यस दिशामा अगाडि बढ्न म सबै राजनीतिक दल, संघसस्था तथा आम जनसमुदायमा आह्वान गर्दछु,’सन्देशमा भनिएको छ,‘अब प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्ने दायित्व हाम्रो काँधमा आएको मैले महशुस गरेको छुँ ।’

कोभिड १९ को कारण देश आक्रान्त भएपनि समद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न स्वच्छ, सुखी र समन्नुत प्रदेश निर्माणका लागि प्रदेश सरकार सबैसँग हातेमाले गरिरहेको पनि मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन् । संविधानको मर्म र भावनालाई आत्मसात गर्दै मन, वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिमा योगदान दिन पनि मुख्यमन्त्री आचार्यले प्रदेशबासीलाई आह्वान गरेका छन् । 

cm1