झापा: झापाको भद्रपुर नगरपालिका ४ रंगेडाडामा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साईकल यात्री भद्रपुर ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् । आज बिहान ११ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएका राजबशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।