धरान: सविन राई, यो नामै काफी छ, गीत संगीतका पारखीहरुलाई । उनका हरेक जसो गीत सुनेर युवा पुस्ता मुग्ध हुन्छन् । अरु उमेर उमुहको लागि पनि प्रिय छन्, सविन । 

धरान उनको गृह नगर हो । यद्यपी यी सेलिब्रेटी गायकलाई धरानेहरुले प्रत्यक्ष देख्न, भेट्न र सुन्न नपाएको पनि निक्कै समय भइसकेको थियो । करिब २ बर्ष यता त कोरोना महामारीले नै सबैलाई बन्धक झैं बनाएको थियो । लामो मौनता तोड्दै शनिबार भने उनै गायक सविन राई धरानका फ्यानहरुमाझ आफ्नो ब्याण्ड द फराओको साथ झुल्किए । गृहनगरमा सविन राईको क्रेज अझै घटेको छैन, भन्ने यो कार्यक्रमले प्रमाणित गर्यो । 

बगरकोटस्थित एमएच लाउञ्ज एण्ड बारको हलमा उनको टिमको लाइभ कन्सर्ट थियो । उनले चिसिदै गएको कार्तिकको साँझलाई प्रस्तुतीमार्फत तताए, धराने दर्शकलाई राईलाई भरपुर मनोरञ्जन दिलाए । गायक राईले आफ्नो नयाँ र पुरानो गरि डेढ दर्जन चर्चित गीतहरु प्रस्तुत गरे । सिग्नेचर सविन राई एण्ड द फराओ नेपाल टुर अन्तर्गत धरानमा कार्यक्रम भएको थियो ।

sabin-craz2

टिकट भने कार्यक्रमको अघिल्लो दिन नै सबै वुकिङ्ग हुनुले पनि उनको क्रेज कायमै रहेको पुष्टि भयो । दुई सय ५० वटा टिकट इस्यु गरेको केही समयमा नै टिकट र एमएचको सम्पुर्ण टेवल वुकिङ्ग फुल भएको एमएचका संचालक जिवन लिम्वुले जानकारी दिए । अत्यधिक दर्शकको उपस्थितिले गर्दा मेन गेट बन्द गरे पनि प्रस्तुती सुरु भइसक्दा समेत प्रवेशको लागि दर्शकहरुको गेटमा घुइचो लागेको थियो । 

राईको प्रस्तुती अघि नै दर्शकले सविन राईको नाम लिदै हललाई गुन्जयमान वनाएका थिए । साढे ८ वजेदेखि १० वजेसम्म गायक राईले प्रस्तुती दिएका थिए । उनको प्रस्तुती सकिएपछि पनि लामो समय दर्शकले सविन राईको नाम लिदै हुटिङ्ग गरेका थिए । दुई सय ५० जनाको क्षमता भएको हलमा ५ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । नेपाल टुर अन्तर्गत  राईको टिम कार्तिक ५ गते शुक्रवार विर्तामोडबाट सुरुवात गर्दै धरान आएका हुन् । यस पछि ९ गते चितवन, १० गते वुटवल, १३ गते पोखरा र २७ गते काठमांडौमा प्रस्तुती दिदै टुरको समापन हुने व्याण्डका म्यानेजर विनोद लामाले बताए । कार्यक्रममा सविन राईको प्रस्तुती अघि स्थानिय कलाकार केशव राईको पनि प्रस्तुति रहेको थियो ।

तस्विरहरु: मनोज चाम्लिङ राई

sabin-c

sabin-c2

sabinc4

sabin-craz1