धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको भोली हुन लागेको नगर अधिवेशन दुई पक्षले अलग अलग २ स्थानमा गरेमा बहिष्कार गर्ने नवनिवार्चित २ वटा वडा कमिटीले चेतावनी दिएको छ । 

दुई दिनअघि शनिबार सम्पन्न वडा अधिवेशनबाट निवार्चित १३ र १६ नम्बर वडा कमिटीका अध्यक्षद्धय घनश्याम तिम्सिना र दिलकुमार गिरीले आज संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । दुवै अध्यक्षले नेताहरुको स्वार्थको लागि कार्यकर्ताहरुलाई अन्योलमा राखेर दुई स्थानमा नगर अधिवेशन तोकिएको भन्दै आम पार्टी कार्यकर्ताहरुको चाहना वमोजिम एक स्थानमा नभए उपस्थिति नरहने जनाएका छन् । 

dharan-uml1

दुवै अध्यक्षले दुई स्थानमा हुने नगर अधिवेशनमा आ आफ्नो वडा कमिटीबाट प्रतिनिधिसमते नपठाउने निर्णय गरेको पनि जानकारी दिएका छन् । साथै, जटिल राजनीतिक अवस्थामा वडा तथा शाखा कमिटीलाई पनि एक हुन आह्वान गर्दै अध्यक्षद्धयले दुई स्थानको नगर अधिवेशन बहिष्कार गर्नसमेत आह्वान गरेका छन् । 

वडा १३ कमिटीका अध्यक्ष तिम्सिनाले नगरका नेताहरु एकै ठाउँमा उभिएर अधिवेशन गर्नुपर्ने बताए । उनले भने,‘२ ठाउँमा भए हामी उपस्थित हुदैन, र प्रतिनिधिहरु पनि पठाउदैनौ । एकै ठाउँमा हुनुपर्छ । भोली हलमा जो अध्यक्ष भए पनि हामी उसलाई स्वीकार गछौं ।’ उनले अन्य केही वडा कमिटीहरुले पनि यस्तै निर्णय गर्ने जानकारी दिए ।