धरान: डिभोर्स गरिसकेपछि पनि आफ्नी पुर्वपत्नीलाई बलात्कार गरेको आरोपमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् ।

पुर्ब श्रीमतिलाई जबजस्ती बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले वडा नं १५ का भोजराज थापा(फडिन्द्र)लाई पक्राउ गरेको हो । डिएसपी नरेन्द्र कुँवरका अनुसार पुर्वश्रीमतिलाई करणी गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । पीडितका छोराछोरी दुवैले घटनाबारे पनि वयान दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी कुँवरले बताए । उनले भने, 'डिभोर्स भइसकेको हो । तर, जर्बजस्ती करणी गरेको उजुरी परेको छ । छोराछोरीले पनि हो भनेकोले थप अनुसन्धान भइरहेको छ ।'

घटना गएको बिहीबार बिहानको हो । छोराछोरी अर्को कोठामा सुतिरहेको बेला जर्बजस्ती गरेको र पीडित महिला चिच्याएपछि अरुले थाह पाएको वयान प्रहरीमा परेको छ । प्रहरीले पीडित महिलाको स्वास्थ्य परिक्षण समेत गरिसकेको प्रहरीले जनाएको छ ।