धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठकले भीम आचार्य नेतृत्वको सरकारले गरेको निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गरेर खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मंगलबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अघिल्लो सरकार गठनदेखि नै असंवैधानिक रहेको ठहर गर्दै मन्त्रीपरिषद बैठकले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ती र सरुवा पुनरावलोकन गरि खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेशका १३७ स्थानीय तहका १र१ जना अल्पसंख्यक, सिमान्तकृत, दलित र बिपन्नलाई प्राबिधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ । साथै, लोपोन्मुख सँस्कृति संरक्षणको लागि कार्यबिधि तर्जुमा गर्ने पनि मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ।