धरान: आज तिहारको लक्ष्मीपूजा गर्ने बिशेष दिन । आज घरलाई फूल मालाले सजाइन्छ, र साँझ दियो, बत्ति बालेर झिलिमिलि पारिन्छ । 

माला उन्नको लागि आजदेखि सर्वसाधारणहरुले सयपत्री फूल खरिद गर्छन् । त्यसैले हरेक बिहान लक्ष्मी पूजाको दिन धरानको कर्षि उपज बजार र भानुचोकमा फूल किनबेच गर्नेहरुको भीड हुन्छ । आज बिहान पनि ती ठाउँमा सयपत्री र मखमली फूल खरिद बिक्री गर्नेहरुको भीड छ । अन्य चोकहरुमा पनि खुद्रा व्यापारीहरुले सयपत्री फूल बिक्री गरिरहेका छन् ।

ful

यसपाली भारतको कलकत्ताबाट तिहार अघि नै धरानमा सयपत्री फूलको माला भित्रिएको थियो । धरान १३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोरमा १ लाख तयारी माला व्यापारीहरुले ल्याएर राखेका थिए । धरान आसपास र धनकुटाबाट भने हिजो साँझ र आज बिहान मात्र फूलहरु बजारमा आएको छ । 

फूल व्यापारीहरुका अनुसार यसपाली किसानले राम्रो मुल्य पाएपनि बजार भाउ भने छैन । यसपाली घाटा व्यहोरेर नै फूल बिक्री गर्नुपरिरहेको व्यापारीहरुले बताए । भारतीय फूलको मालासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि आफूहरुले सस्तोमा नै फूल बिक्री गर्नुपरेको व्यापारीहरुको गुनासो छ। यद्यपी, कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराई भने व्यापारीहरुले घाटा भएको भनेपनि उपभोक्ताहरुले सस्तो मुल्यामा फूल नपाइरहेको बताए । फूल सस्तो हुँदा उपभोक्ताहरुले ३५, ४० रुपैया मुठामा पाउनुपर्ने भएपनि यसपाली त्यस्तो नभएको उनले बताए । 

भिडियो:


ful6

ful7

ful8

ful9

ful10

ful11

ful13

ful16

ful17

ful12

ful14

ful15