धरान: पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको छ । 

माओवादीले गरेको बन्द आह्वानले देशभर प्रभाव परेको छ । धरानमा पनि बिहानैदेखि बन्दको प्रभाव देखिएको छ । धरानबाट चल्ने लामो दुरीको सवारीसाधानहरु चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि बन्द छन् । बजार पनि सामान्य अवस्थामा जस्तो खुलेको छैन । टेम्पो, सफारी र मोटरसाइकलहरु भने निर्वाध चलेका छन् । चार पांग्रे निजी सवारीहरु पनि केही चलेको देखिन्छ । 

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले कुनै अप्रिय घटना नभएको बताए । लामो दुरीको सवारी नचलेको भएपनि अन्य सवारीहरु भने चलिरहेको उनले जानकारी दिए । ओलीले भने,‘अप्रिय कुनै घटना भएको छैन । लामो दुरीको गाडीहरु चलेको छैन । बजार, पसलहरु पनि खुलिसकेको छैन, विस्तारै खुला होला ।’

dharan3

dharan4

dharan7

dharan9

dharan6

dharan5

dharan1

bplab-banda