धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना शुरु भएको छ । 

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा मतगणना शुरु भएको हो । मतदान अधिकृत इन्द्रमोहन झाका अनुसार साँझ ५ बजेर ४० मिनेटमा मतगणना शुरु भएको हो । मतगणनाको प्रारम्भिक परिणाम अनुसार १०० मत गणना हुदा उम्मेदवार सुजेन्द्र तामाङ १० मतले अगाडि छन् । उनले ५५ मत पाएका छन् भने प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाले ४५ मत पाएका छन् । 

यसैगरि, तामाङ प्यानलका सचिव उम्मेदवार महेन्द्र प्रधान ५५ र केशव पुरीले ५४ मत पाएका छन् भने खतिवडा प्यानलका सचिव उम्मेदवारद्धय देवेन्द्र लिम्बुले ४७ र जयबहादुर लिम्बुले २९ मत पाएका छन् । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ५८ र सुमित राईले ६१ मत पाएका छन् भने खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले २८ र नादर राईले ३५ मत पाएका छन् ।