धरान: पछिल्लो समय धरानको वडा नं ४ स्थित दानबारी पर्यटकीय गन्तव्यकोरुपमा परिचित हुदै गएको छ । यहाँबाट धरानको अधिकांश भुभागसहित तराई नियाल्न सकिन्छ भने साँझ सूर्यस्तको सुन्दर दृष्यले मन लोभ्याउछ । 

आन्तरिक पर्यटकहरुको चहलपहल शुरु हुन थालेपछि यही दानबारीमा राशी रिसोर्ट निर्माण भइरहेको छ । युवा व्यवसायी इन्द्र मोक्तानको लगानी रहेको रिसोर्ट निर्माण कार्य पुरा नहुदै चर्चामा छ । यहाँ निर्माण गरिएको राष्ट्रिय झण्डासहितको सेल्फी पोइन्टले युवायुवतीहरुलाई आकर्षित गरेको छ । साइक्लिङ र हाइकिङ गर्दै पुग्ने युवायुवतीहरु त्यहाँ पुगेर फोटो नखिची फर्कदैनन् ।

rashi5

निर्माण कार्य सम्पन्न नहुदै चर्चा कमाएको यही राशी रिसोर्टले नेपालकी चर्चित गायिका सुनिता संयक लिम्बूलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । रिसोर्टका सञ्चालक मोक्तान र गायिका लिम्बूबीच हिजो रिसोर्टमा सम्झौता भएको थियो । रिसोर्टले गायिक लिम्बूलाई एक बर्षको लागि एम्बासडरमा नियुक्त गरेको जनाएको छ । गायिका लिम्बूले यो अवधिमा रिसोर्टको प्रचार तथा प्रवद्र्धन गर्नेछिन् ।

rashi3

रिसोर्टमा धरानको बजार क्षेत्रबाट टेम्पो, बाइक वा स्कुटीमा ४५ मिनेटदेखि १ घण्टाको अवधिमा पुग्न सकिन्छ । पदयात्रा गर्दै प्रकृतिसँग रमाउदै पनि पुग्न सकिन्छ । दानाबारीको देवीथानदेखि पश्चिम १८ कट्ठा क्षेत्रफलमा रिसोर्ट निर्माण भइरहेको छ । रिसोर्टमा रेष्टुरेष्ट, बास बस्नको लागी कटेज रुम र क्याम्पिङ टेन्टको पनि सुविधा रहेको छ भने २० जना क्षमताको पिकनिक स्पट पनि रहेको छ । रिसोर्टमा हालसम्म २ करोड हाराहारी लगानी भइसकेको छ । जग्गा सम्याउदा धेरै खर्च भएको सञ्चालकले जानकारी दिए । 

भविष्यमा साढे ५ फिट अग्लो बसेको बुद्धको मुर्ति पनि निर्माण गरिने रिसोर्टको डिजाइनर तथा सल्लाहकार गोपाल राईले जानकारी दिए । यस्तै, घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्न सुन्दर गार्डेन र कृत्रिम झरना, पोखरीलगायत संरचनाहरु पनि थप निर्माण गरिने उनले बताए । 

तस्बिरहरु: राशी रिसोर्टको पेज/ गोपाल राई

rashi8

rashi7

rashi2

Rashi 1

rashi4

rashi1

rashi6

rashi10