धरान: चर्चित फिल्म नुमाफुङ्का निर्देशक नविन सुब्बा लामो समयको अन्तरालमा फिल्म निर्देशनमा फर्केका छ्न । 

अलग धारको फिल्मबारे वकालत गर्दै आएका निर्देशक सुब्बाले गाउँ आएको बाटो नामको फिल्ममार्फत पुनः निर्देशनमा फर्किएका हुन् । उनले निर्देशन गर्ने उक्त फिल्म धरान र भोजपुरमा छाँयाकन हुनेछ । सोही फिल्म छाँयाकनको लागी कलाकारहरुको टोली लिएर निर्देशक भोजपुरतर्फ लागेका छन् । कलाकारहरुको टोली शनिबार धरानबाट भोजपुरको वालंखा प्रस्थान गरेका छन् ।

यो फिल्म आमोद राईको निर्माणमा बन्न लागेको हो । यो फिल्मको मुख्य कलाकारमा दयाहाङ राई, पशुपति राई, प्रमिसा चाम्लिङ, केशव राई, राज थापा, प्रेम सुव्वा, बालकलाकार प्रसन राई र खानुवुङ राई रहेका छन । फिल्मको अधिकांश दृष्यहरु भोजपुरको वालंखामा सुटिङ हुनेछ भने केही दृश्य धरानमा पनि सुटिङ गरिने निर्देशक सुब्बाले जानकारी दिए । भोजपुर पुगेर एक हप्ता चलचित्रको वर्कसप संचालन हुने र छायांकन सुरु गरिने उनले बताए । फिल्म सुटिङ करिव ४५ दिनमा सक्ने योजना रहेको छ । फिल्म टोलीले एक हप्ता धरानमा छायांकन गर्नेछ । 

gau

चलचित्रको कथावस्तुको विषयमा निर्देशक सुव्वा खुल्न चाहेनन् । यद्यपी उनले चलचित्रले गाउँमा बाटो आए पछिको गाउँमा आएको परिवर्तन, उपलब्धी र खुशीलाई चलचित्रले देखाउन खोजेको खुलाए । रिलिज डेटको प्रसंगमा उनले नेपाली चलचित्रलाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्य भएको बताए । 'हामी यो चलचित्र अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा वल्र्ड प्रिमियरमा प्रर्दशन गर्नेछौ,'उनले भने,'त्यही फेस्टिवलको डेट हेरेर रिलिज डेट कन्फर्म गछौ ।' 

फिल्म करिव डेढ करोड रुपैयाको लगानीमा निर्माण हुन लागेको हो । यो बर्ष मात्र ३ वटा चलचित्र रिलिजको संघारमा रहेका अभिनेता दयाहाङ राई भर्खरै मात्र कवड्डी ४ को सुटिङ सकेर आएको बताए । भोजपुर घर भएका राईको कवड्डीसंगै जारी र निरफूलको पनि छायांकनको काम सकिसकेको छ। लकडाउनका कारण नेपाली चलचित्र समस्यामा परेको भन्दै उनले रिलिज हुने डेट निश्चित भई नसकेको बताए । उनीसंगै कबड्डी कबड्डीका कलाकार समेत रहेकी पशुपति राई पनि भर्खरै मात्र राधाको छायांकन सकेको बताइन् । सर्ट मुभि र केही थियटरमा अभिनय गरिसकेकी प्रनिसाको भने ठुलो र मुख्य भुमिकामा रहेको यो नै पहिलो चलचित्र हो । पशुपति र प्रनिसा धरानकी कलाकार हुन् ।

 भोजपुर प्रस्थानको क्रममा निर्देशक सुब्बासहित कलाकार टोली शुक्रबार धरान आएका थिए । धरानमा उनीहरुलाई ज्वाइखानाका संचालक हरि श्रेष्ठ, चलचित्रका धरान संयोजक रहेका रंगभुमी एकेडेमीका निर्देशक एवं कलाकार विष्णु मोक्तान, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतले स्वागत गरेका थिए ।