धरान: महेन्द्र क्याम्पसको जग्गाको मोही हकदाबी गर्ने व्यक्ति वास्तविक पीडित नभएको धरानका मेयर तिलक राईले बताएका छन् । क्याम्पसको जग्गाको बिषयमा मंगलबार आयोजित छलफलमा उनले पीडित भएको भए स्थानीय सरकारसँग सहयोग माग गर्न आउनुपर्नेमा अहिलेसम्म नआएको बताए । 

मेयर राईले मोही दाबी गर्ने व्यक्ति कही न कहीबाट परिचालित भएको बताए । ‘मोही मात्र छैन । उ मात्र भएको भए आशा, अपेक्षा कही न कही जान्थ्यो होला । म धरानमै जन्मे, नगर प्रमुख भए व्यक्तिगतरुमपा मोही मसम्म आएको छैन,’मेयर राईले भने,‘साँच्चै उ पीडित भए मेयर कहाँ आउथ्यो होला, त्यसैले उ पीडित होइन भन्ने लाग्छ । कही न कहीबाट परिचालित भएर यो परिस्थिति सृर्जना भइरहेको छ कि भन्ने लाग्छ ।’

नगरपालिकामा कोही व्यक्ति बाटोलाई जगग दिन सक्दिन भनेर आउने, कोही जग्गा दिन्छु, तर भत्केको बनाइदिनु पर्यो भनेर आउने गरेको मेयर राईले बताए । तर, ८,९ कट्ठा जग्गा पाउने मोही आफ्नो समस्या लिएर स्थानीय सरकार भएको ठाउँमा नआउदा उनी वास्तविक पीडित नभएको धारणा राखे । ‘पीडित त आउछन् नि । कानुन पनि थाह हुदैन, प्रक्रिया पनि थाह हुदैन,’उनले भने,‘ ८,९ कट्ठा पाउने मोही कम्तीमा जनप्रतिनिधिमा, नगर प्रमुखमा जान्थ्यो होला । कोही वकिल समातेको सुनेको छैन, अगुवा साथीहरुसम्म गएको छैन ।’

mmc-tilak

मेयर राईल्े नियोजित भएको कारण दबाबको कार्यक्रम निरन्तर लाग्नुपर्ने बताए । अदृष्य मान्छेहरुलाई आन्दोलनले दुलोभित्र नै सिमित गर्ने वातावरण बनाउन पनि सबै पक्षलाई आग्रह गरे । ‘जो मोही भन्ने छ, उसको यथार्थ कुरा के हो आउनुपर्यो । नगरपालिकामा वा क्याम्पसमा आओस्, समाधान गर्न तयार छौ । उपमहानगर सबैको हो, त्यहाँ समस्या लिएर आउनुपर्यो, तर आएको छैन,’उनले भने । 

मोही हक नामसारी भएपनि भोगचलन र किनबेच गर्न नसक्ने भन्दै मेयर राईले जग्गा संरक्षण गर्न पहलकदमी लिने पनि बताए । उनले उदारता र इमान्दारितापुर्वक आर्थिक, भौतिक सहयोग गर्ने पनि बताए । ‘निरन्तर खबरदबारीको काम गरौ । सम्बन्धित निकाय, व्यक्ति र सरोकारवलाहरुको ध्यान केन्द्रति गर्नुपर्छ । हडप्ने काम र प्रपञ्च परास्त गर्नुपर्छ,’उनले भने ।

भिडियो: