धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला खुलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले हिजो मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनु पर्ने संस्थामा हडताल, घेराउ र तालाबन्दीको कार्य सार्वजनिक हितको लागि शोभनिय नभएको भन्दै ताला खुलाई प्रतिष्ठानको काम, कारबाहीहरु सुचारु गर्न अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानको चारै जना पदाधिकारीको कार्यकक्षमा गत असार १६ गतेदेखि तालाबन्दी जारी छ । आन्दोलनकारीहरुले पदाधिकारीहरुको राजिनामाको माग गर्दै ताला लगाएको हो । त्यसविरुद्ध नवराज विष्ट नामका व्यक्तिले नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउदै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सोही रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले प्रतिष्ठानमा कुनै संघसंगठनबाट तालाबन्दी, घेराउ नगर्न नगराउन पनि आदेश दिएको छ ।  

bp-tala-supreme1