धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । 

सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएकोले बाहिर निस्कन आग्रह गरेका थिए । उपकुलपतिले उनीहरुको आग्रह नमानेपछि आन्दोलनकारीहरु कार्यालय प्रवेश गर्न खोज्दा प्रहरी र सेक्युरिटी गार्डहरुले प्रवेश गर्न नदिएपछि केही समय झडप भएको हो । यद्यपी कोही घाइते भने भएनन् । 

bp-jhadap1

आन्दोलनकारीले अदालतको आदेश अनुसार ताला खोलेपछि प्रतिष्ठानकै चिकित्सकहरुलाई प्रवेश गर्न नदिइनु आदेश विपरीत भएको भन्दै विरोध जनाए । उनीहरुले छानबिन प्रतिवेदनहरुले उपकुलपति डा.गिरीसहित पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको कारण सिनेट बैठक नभै कार्यालय प्रवेश गरेर कुर्सीमा बस्न नदिइने पनि अडान लिएका छन् । संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले भने,‘जबसम्म सिनेट बैठक हुदैन, तबसम्म पदाधिकारीहरुलाई कुर्सीमा बस्ने अधिकार छैन, हामी बस्न दिदैनौ ।’

प्रहरी र आन्दोलनकारीबीच झडप बढ्दै गएको र स्थिति थप तनावग्रस्त हुन थालेपछि भित्रि बाटो गरेर उपकुलपति डा.गिरी कार्यलयबाट बाहिरिएका थिए । त्यसअघि दिउँसो खाना खाने समय भएपछि अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह पनि आफ्नो कार्यकक्ष प्रवेश गरेका थिए । उनलाई पनि आन्दोलनकारीहरुले कार्यकक्षबाट बाहिर निकालेका थिए । उपकुलपति डा.गिरी पनि दिउँसो करिब २ बजेपछि आफ्नो कार्यकक्ष प्रवेश गरेका थिए । यो कुरा थाह पाएका आन्दोलनकारीहरु उपकुलपति कार्यालयअघि भेला भएका थिए ।

bp-jhadap2

bp-jhadap6

bp-jhadap5

bp-jhadap7

bp-jhadap4

bp-jhadap8