धरान: अंग्रेजी नयाँ बर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले नवौं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । 

सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको हो । एक समारोहबीच फेस्टिवलको उद्घाटन प्रदेश १ का भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरे । मन्त्री कार्कीले १ नम्बर प्रदेशको समृद्धिको मुल आधार पर्यटन, कृषि र जलस्रोत हुनसक्ने धारणा राखे । उनले प्रदेश १ प्राकृतिक सौन्दर्य, धार्मिक पर्यटनको दृष्टिकोणले पनि प्रचुर सम्भावना बोकेको बताए । उनले भेडेटार प्रदेशको मात्र नभएर देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने बताए । उनले साँगुरीगढीको पर्यटनको मात्र नभै समग्र विकास र समृद्धिको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको पनि बताए । 

vedetar3

पर्यटन व्यवसायी वासुदेव वरालले कोरोनाले थला परेको पर्यटनलाई माथि उठाउन निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने र पार्टनरकोरुपमा लिनुपर्ने बताए । उनले प्रदेश १ को प्रमुख पर्यटकीय आकर्षणहरुको पहिचान गरि ब्राण्डिङ गरेर अन्य प्रदेश र विदेशमा प्रर्वद्धन गर्नुपर्ने बताए । उनले भने,‘२ बर्ष कोभिडले क्षतविक्षत बनायो, उठ्ने प्रयास गर्देछौ, राज्यले हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ, र पार्टनरकोरुपमा हेर्नुपर्छ । हाम्रो पर्यटनको मुख्य आकर्षण के हो, के चिज विश्वव्यापीरुपमा चिनाउने हो, त्यसको ब्राण्डिङ गर्नुपर्छ ।’

उद्घाटन समारोहलाई गाउँपालिका अध्यक्ष कुमारजंग याक्खा, पर्यटन बोर्डका सदस्य कृष्ण साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले सम्बोधन गरेका थिए । फेस्टिवल उद्घाटन समारोहमा धरानकी महिला पत्रकार मनिता चाम्लिङ र धनकुटाका पत्रकार खगेन्द्र घिमिरेलाई नगद सहित सम्मान पनि गरिएको थियो । पत्रकारिताको माध्यमबाट पर्यटन प्रर्वद्धनमा योगदान पुर्याएको कदर स्वरुप दुवैलाई सम्मान गरिएको आयोजक होटल एशोसिएशन भेडेटारले जनाएको छ । 

vedetar1

एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिनमा २० देखि ३० हजार पर्यटकहरु घुम्न आउने अपेक्षा गरिएको छ । साथै, फेस्टिवलमा १ करोड बराबरको कारोबार हुने पनि अनुमान गरिएको उनको भनाई छ । फेस्टिवलमा भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिनेछन् भने देवीथान जिपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट र प्याराग्लाइडिङमा पनि फेस्टिवल अवधिभर पर्यटकहरुले ३० प्रतिशत छुट दिइएको छ । 

फेस्टिवलमा भेडेटार क्षेत्रमा उत्पादन भएको अर्गानिक खानेकुरा, कृषि, घरेलु उत्पादनको प्रर्वद्धन तथा स्टलहरु छन् । तीन दिन साँझ साँस्कृतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ । भेडेटार घुम्न आउने पर्यटकहरुको लागि चाल्र्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुखलगायत थुप्रै गन्तव्यहरु छन् ।

भिडियो:

     vedetar13

vedetar12

vedetar10

vedetar7

vedetar11

vedetar9

vedetar8

vedetar2

vedetar4

vedetar6