धरान: प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ । 

भेडेटार होटल एशोसिएशनले यही पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गर्ने भएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन आउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । खास गरि भारतीय पर्यटकहरुलाई लक्षित गरेर हुदै आएको फुट फेस्टिवल गत बर्ष कोरोना महामारीको कारण भएको थिएन । यो बर्ष पनि कोरोनाकै कारण भारतीय पर्यटकहरु अपेक्षा गरेभन्दा कम आउने अनुमान छ । तर आन्तरिक पर्यटकहरुको संख्या बढ्ने आयोजकको अपेक्षा छ । 

एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिने फेस्टिवलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा छ । यस्तै, २० देखि ३० हजार पर्यटकहरु घुम्न आउने अनुमान गरिएको पनि उनले बताए । फेस्टिवल स्थलकोरुपमा भेडेटार चोक, काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनालाई केन्द्रीत गरिने पनि उनले बताए । एकै ठाउँमा भिडभाड नहोस्, र पर्यटकहरु पनि सबै पर्यंटकीय गन्तव्यमा पुर्याउने उद्देश्यले यसरी फेस्टिवलस्थल तोकिएको उनले बताए । 

sankheswor

फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक खानेकुराको प्रर्वद्धन गरिनेछ भने स्थानीय कृषि, घरेलु उत्पादनको प्रर्वद्धन हुने सचिव तुमराज लिम्बुले बताए । साँझ साँस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा पनि पर्यटकहरु रमाउन पाउने उनले बताए । 

तीत दिने फुड फेस्टिवलमा भेडेटारका होटल तथा लजहरुले पाहुना पर्यटकहरुलाई छुट दिने भएको छ । साथै, जिपलाइन र प्याराग्लाइडिङमा रमाउन चाहने पर्यटकहरुले पनि शुल्कमा छुट पाउने भएका छन् ।

bhedetar

आयोजकका अनुसार तीन दिने फेस्टिवलमा भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिनेछ भने हेलिकप्टरमा फन फ्लाइट गर्दा ५ हजार मात्र शुल्क लाग्नेछ । यस्तै, देवीथान जिपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट पाइनेछ भने प्याराग्लाइडिङमा पनि फेस्टिवल अवधिभर पर्यटकहरुले ३० प्रतिशत छुट पाउने अध्यक्ष रुम्दालीले जानकारी दिए । 

bhedetar21