आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर 'धरान डे' मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि ।
सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भुक्तानी हुने गरि सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउदै हुनुहुन्छ। उहाको स्वागतमा हामी सबै आतुर छौ तर बिडम्बना धरान शहर यति खेर नेपाली झण्डा र धरानको लोगो अङ्कित झण्डाले झकिझकाउ हुन पर्ने थियो तर आज नेपाली काङ्ग्रेसको झण्डाले मुल सडक रंगिन छ।
हो उहाँ नेपाली काङ्ग्रेसको सभापति पनि हुनुहुन्छ र पशुपतिको जात्रा सिद्राको व्यापार भने झै औपचारिक कार्यक्रम कै विचमा पार्टिका कार्यक्रममा सरिक हुनु अपराध होईन। तर नगर क्षेत्र भरी नै कुनै एउटा पार्टिको झण्डा मात्रै राखेर, पार्टिको कार्यक्रममा मात्रै केन्द्रीत गराउने र धरान डे लाई ओझेलमा पार्ने काम किमार्थ पनि राम्रो होईन। के पब्लिक स्कुलको ग्राउन्ड भित्र मात्रै धरान डे मनाउने हो धरान उपमहानगर पालिकाले ?? नगर भित्रका क्षेत्र चाहिँ नेपाली काङ्ग्रेसलाई जिम्मा लगाएको हो उपमहानगर पालिकाले ??
अन्य विवादित कार्यक्रमहरु गर्ने प्रयत्न र धरान डे लाई काङ्रेसिकरण गर्ने नगर प्रमुख तिलक राईका कारण आज सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति नै विवादित बनाउने र धरानबासिले विरोध गर्ने अवस्था सृजना हुनु दुःखद हो। सम्बद्ध सबै सरोकार वालामा यस विषय प्रती गम्भीर ध्यानआकर्षक गराउदै यस्तो बेथितिको विरोध गर्न हार्दिक अपिल गर्न चाहन्छु।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



