धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी जित उन्मुख भएका छन् । 

पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा १६ सय मतको परिणाम सार्वजनिक हुँदा उनी जितउन्मुख भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १२३ मतले पछाडि छोडेका छन् । अब मत गणना हुँदा २०५ मात मात्र बाँकी छ । हालसम्म भण्डारीले ८१० मत पाएका छन् भने पोख्रेलले ६८७ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ७४ मत पाएका छन् । 

यसैगरि, उपाध्यक्षमा निलम खनालको जित निश्चित भइसकेको छ । उनले ९०१ मत पाउदा प्रतिस्पर्धी नन्दकुमार बस्नेतले ६१८ मत मात्र पाएका छन् । दुई उपसचिव पदमा उम्मेदवार राम कोइरालाले ७२६ र योग्यराज खड्का ५०३ मतका साथ अगाडि छन् भने पदमप्रसाद लिम्बु ४७२, अञ्जनीकुमार पोखरेल ४३७, लोकेश निरौला ४३१, अर्जुन गहतराज १९९ र लहरुमाया जिमी २११ मत पाएका छन् ।