झापा: झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक वन क्षेत्रमा चेकिङको क्रममा गाँजा र चरेससहित २ जना पक्राउ परेका छन् । 

 पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् । उनीहरुलाई आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाईकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।