मोरङ: लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकहित एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् । उनलाई आज शुक्रबार बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो ।
 
 
उनको साथबाट लोड भएको भरुवा बन्दुक ३ नाल, बारुद २ डब्बा, गोली १८ थान, छर्रा ५ पोका, खुकुरी १ थान र गेटिस (गुलेली)(१ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



