धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालयको प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव विराटनगर आइपुगेका छन् ।

डा.यादव आइतबार हवाई मार्गबाट विराटनगर आएर बसेका छन् । उनी सोमबार धरान आउने छन् । त्यसअघि कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरी पुग्ने डा.यादवले बताए। सरकारले प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जिवी अधिकारीलाई नै वीपी प्रतिष्ठानमा खटाएको छ । 

डा. यादवले बिहान कोष तथा लेखा नियन्त्रकको कार्यालयमा इनरुवा गएर अधिकारीसँग छलफल गर्ने बताए । त्यसपछि अधिकारीसँगै आफु प्रतिष्ठानमा आउने डा.यादवले क्लिकधरानलाई जानकारी दिए । उनले भने,‘पहिला इनरुवा गएर चिरञ्जिवी अधिकारीसँग छलफल गर्छु, र हामीसँगै वीपीमा आउछौं ।’

छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका वहालवाला ३ पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर सरकारले डा.यादवलाई पठाएको हो । उनलाई पदाधिकारीले गर्ने कामको जिम्मेवारी दिइएको छ । यस्तै, आर्थिक प्रशासन तथा खाता सञ्चालन गर्न कोष तथा महालेखाबाट एक उपसचिव खटाउने निर्णय सरकारले गरेको थियो । सरकारको यो निर्णयप्रति भने प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले वैधानिक नभएको भन्दै अवैधानिकरुपमा आएका अधिकारीको निर्देशन पालना गर्न बाध्य नहुने विज्ञप्तीमार्फत घोषणा गरेको छ ।

bp-yadav1


 bp-dr-shyam

bp-lekha-tatha-kosh