धरान: अधिकांश कर्मचारीहरु संक्रमित भएपछि धरानको ८ नम्बर वडा कार्यालयमा सेवा प्रवाह बन्द गरिएको छ ।

धरान उपमहानगरपालिकाले एक सुचना जारी गर्दै आज (बुधबार) देखि पाँच दिनसम्म सेवा प्रवाह बन्द गरिएको जानकारी दिएको हो । अब ८ नम्बर वडा कार्यालय आइतबार मात्र खुल्नेछ । वडाका अधिकांश कर्मचारीहरु कोरोना संक्रमित भएको उपमहानगरपालिकाको भनाई छ । 

कोभिड १९ को तेस्रो लहर शुरु भएपछि धरानमा दिन प्रतिदिन संक्रमितको संख्या बढीरहेको छ । उपमहानगर तथा वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु पनि संक्रमित भइरहेका छन् । जसले गर्दा धरानको विभिन्न वडा कार्यालयहरुले आफ्नो सेवा प्रवाहलाई रोक्न बाध्य भएका छन् ।