धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् । उनको आज बिहान ५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकले कोभिड विरुद्धको खोप लगाएका थिए । 

उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।