धरान: ब्राउन सुगरसहित धरानमा एक युवा पक्राउ परेका छन् । 

धरान उपमहानगरपालिका वडा नं १६ बाट प्रहरीले २४ बर्षीय प्रबिण भुजेललाई पक्राउ गरेको हो । उनलाई हिजो बिहिबार बेलुकी साढे ५ बजे संघीय प्रहरी ईकाई कार्यालय धरानको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध ब्राउन सहित पक्राउ परेका भुजेलकोबारेमा ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।