धरान: समसामयिक मुद्दाहरुमा निरन्तर आवाज उठाउदै आएका धरानका अभियनता हर्क साम्पाङको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार धर्ना दिएका छन् ।

प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गएको र यसले सर्वसाधारणहरुको उपचार सेवा प्रत्यक्ष प्रभावित भएको भन्दै साम्पाङको नेतृत्वमा उपकुलपति कार्यालयअघि खबरदारी गर्दे नगरबासीहरुले धर्ना दिएका हुन् । उनीहरुले प्रतिष्ठानलाई अहिलेको संकटबाट तत्काल निकाल्न सरकारसँग माग पनि गरेका छन् । 

भिडियो: भिडियो 

भागवण्डा, पदाधिकारीहरुबीचमा नै गुट, उपगुटको कारण प्रतिष्ठान धरासायी हुदै गएको भन्दै साम्पाङले संस्थाको हितमा एकजुट हुन र गुटबन्दी त्याग्न पनि माग गरे । उनले प्रतिष्ठानमा भइरहेको फोहोरी राजनीति पनि अन्त्य हुनुपर्ने माग राखे । 

यस्तै, जनस्वास्थ्यको ग्यारेष्टी हुनुपर्ने भन्दै साम्पाङले प्रतिष्ठानमा नै सबै जाँच र उपचार सेवा उपलब्ध गराउनुपर्ने पनि बताए । सहीरुपमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह नहुदा प्रतिष्ठान बेहाल भएको भन्दै उनले यो अन्योलताबाट सरकारले प्रतिष्ठानलाई मुक्त गर्न पनि माग गरेका छन् ।

harka-bpkihs

भिडियो: