खोटाङ: खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ स्थित भित्रि सडकखण्डमा मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका ६ घर भई हाल खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन् । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३(०२(००७ प ५३३३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भएका थिए ।

उनलाई उपचारको लागि काठमाण्डौं तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क ३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।