मोरङ: मोरङको केराबारी गाउँपालिका ८ का २६ बर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीले भट्टराईको हत्यामा संलग्न रहेको केराबारी ३ का ३५ बर्षीय कमल लिम्बुलाई पक्राउ गरि सार्वजनिक गरेको हो । गत माघ ९ गते हजार बिघा वनमा ढलेको रुखको जरामुनि भट्टराईको शव भेटिएको थियो । सडेर दुर्गन्धित अवस्थामा भट्टराईको शव भेटिए पनि प्रहरीले अनुसन्धान थालेको थियो ।

सोही क्रममा पुष २७ गते राती करिब ८ बजेदेखि नै मृतक भट्टराई वेपत्ता भएको र २८ गते सामानय विवादमा लिम्बुले मुक्का र फलामको रडले प्रहार गरी हत्या गरेको खुलेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा ५ दिनको म्याद थप गरेको र अनुसन्धान भइरहेको जनाएको छ ।