विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । मोरङमा १४, सुनसरीमा ९, झापामा ७, संखुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ६, रतुवामाईमा ३, बुढीगंगा, सुन्दरहरैचा, जहदा, बेलबारी र लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ भने सुनसरीको धरानमा ४, इटहरी, बर्जु, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जना छन् । 

यस्तै, झापाको मेचीनगरमा ३, भद्रपुर, हल्दिबारी, दमक र विर्तामोडमा १–१, संखुवासभाको पाँचखपन र धर्मदेवीमा १–१, तेहृथुमको फेदाप र छथरमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, धनकुटाको चौवीसे र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४ महिला र ३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।