धरान: मोरङको सुन्दरहरैचा नगरपालिका ९ विराटचोकस्थित एक किराना पसलबाट रिचार्ड कार्डसहित करिब डेढ लाखको सामानहरु चोरी गर्ने दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका ६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् । दुवैलाई ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । 

मोरङ प्रहरीका अनुसार विराटचोकका सुर्य कट्टेलको किराना पसलमा माघ १८ गते राती चोरी भएको थियो । उनीहरुले एनसेलको रिचार्ज कार्ड र अन्य किराना समानहरु चोरी गरेको प्रहरीले जनाएको छ । तीन सातापछि पक्राउ परेका दुवैको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसेलको रिचार्ज कार्ड वरामद गरेको छ भने नगद २५ हजार पनि भेटिएको जनाएको छ । दुवैलाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।