धरान: तीन महिनाअघि धरानबाट चोरी भएको स्कुटीसहित एक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र ८ का २७ बर्षीय अटल राई रहेका छन् । हिजो आइतबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियमित चेकजाँचको क्रममा को ३१ प २४४ नम्बरको स्कुटी फेला परेको थियो । 

राईले चलाएको उक्त स्कुटी गत मंसिर ३ गते राती धरानबाट हराएको पुष्टि भयो । धरान १० की टिनु बज्रचार्यको स्कुटी चोरी भएको थियो । चोरी भएको स्कुटी चलाएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा पठाएको प्रहरीले जनाएको छ । साथै, उनलाई चोरी मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।