धरान: नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको आरोप लागेका चर्चित अभिनेता पल शाहले आफुलाई नियोजतरुपमा फसाएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा अडियो संवादहरुसहित पोष्ट गर्दै शाहले आफ्नै साथी गायक दुर्गेश थापासहित ४ जनाले गायिकालाई प्रयोग गरेर आफुलाई फसाएको बताएका हुन् । उनले आफु दोषी भए कानुन वमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन् । शाहले आफ्नो साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरेको बताएका छन् । 

शाहले 'गायिका सुतिरहेको बेला सिरक ओढाएर जर्बजस्ती गर्न खोजेको' भन्ने आरोप र '२ बर्षअघिदेखि सम्बन्ध रहेको र १ बर्षपछि मात्र अर्को गलफ्रेण्ड छ, घरबेटी र मेनेजरसँग मिलेर मार्न लगायो' जस्ता कुराहरु गलत भएको दाबी गरेका छन् । शाहले आफुलाई फसाएको प्रमाणकोरुपमा गायिका र अन्य व्यक्तिहरुबीच भएको कुराकानीको अडियो क्लिप पनि सार्वजनिक गरेका छन् । उक्त क्लिपमा गायिकालाई विभिन्न व्यक्तिहरुले पल शाहलाई मेसेज गर्न सिकाउदै गरेका छन् । 

हिजो (बुधबार) शाहविरुद्ध गायिकाको बुबाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती जाहेरी दर्ता गराएका छन् । शाहले ललाईफकाई झुटो प्रेमजालमा फसाएर पटक पटक आफ्नो छोरीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले उनको खोजी गरिरहेका छन् । शाह फरार छन् । केही दिनअघि पल शाह र गायिकाबीचको संवाद भएको, गायिका र अधिकारकर्मीबीच संवाद भएको अडियो सार्वजनिक भएको थियो ।

अडियो १:

अडियो २:


अडियो ३ः

अडियो ४ः