धरान: हाम्रो व्यायामशालाका खेलाडी आशिषकुमार राई २१ औं मिस्टर धरान भएका भएका छन् ।

शनिबार साँझ धरान ८ स्थित सभागृहमा सम्पन्न खुल्ला नगरस्तरीय शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुदै राई नयाँ मिस्टर धरान घोषित भएका हुन् । उनी प्रतियोगितामा ह्वाभीवेट (७५ केजी माथि) तौल समुहबाट भिडेका थिए । आफ्नो तौल समुहमा प्रथम हुदै उनी उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गरेका थिए ।

यस्तै, ७५ केजी तौल समुहमा प्रथम हुदै ओभरअल राउण्डमा भिडेका अर्पण लिम्बु दोस्रो भए । उनी क्रञ्च फिटनेसका खेलाडी हुन् । यस्तै, ७० केजी तौल समुहका खेलाडी सन्तोष आङबुहाङ तेस्रो भए । उनी पनि क्रञ्च फिटनेसका खेलाडी हुन् । प्रतियोगितामा ६० केजी तौल समुहबाट सहभागी सन्तोष राई चौथो भए । उनी झुनास फिटनेसका खेलाडी हुन् । 

Mr-dharan3

प्रतियोगिताका विजेता आशिषकुमारले ट्रफी, मेडलसँगै नगद १ लाख पुरस्कार पाए भने प्रतियोगिताको मुख्य प्रायोजक फिटनेस च्वाइस इटहरीबाट ३ लाख बराबरको मेशिन पनि पाए । दोस्रो, तेस्रो र चौथो भएका खेलाडीले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजारसँगै ट्रफी, मेडल पाए भने उनीहरुलाई पनि फिटनेस च्वाइसले आकर्षक उपहार दिएको थियो ।

प्रतियोगितामा क्रञ्च फिटनेसका रिचर्ड तामाङले बेष्ट पोजरको पुरस्कार हात पारे भने मस्ट मस्कुलरको पुरस्कार भिजन फिटनेसका प्रवेश लिम्बुले पाए । यस्तै, मस्ट इम्प्रुभमेन्ट बडीको पुरस्कार क्रञ्च फिटनेसका सन्तोष आङबुहाङले हात पारे । 

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं धरानका मेयर तिलक राईसहितका अतिथिहरुले प्रदान गरेका थिए । प्रतियोगिता धरान १५ स्थित एलाइनेट जिमले आयोजना गरेको थियो । शुक्रबार प्रि जजिङ राउण्ड भएको प्रतियोगिताको फाइनल भने शनिबार भएको हो ।

भिडियो :

 


Mr-dharan1

Mr-dharan

Mr-dharan6

Mr-dharan5

Mr-dharan8

Mr-dharan7

Mr-dharan11

Mr-dharan10

Mr-dharan9