झापा: झापाको बिर्तामोड नगरपालिका ५ मा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । 

कुटपिटबाट घाइते भएकी श्रीमतिको मृत्यु भएपछि ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । कुटाईबाट घाईते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनरस्थित नोवेल अस्पताल लगिएको थियो । 

उक्त अस्पतालमा उपचार हुन नसकेपछि आफन्तले घाइतेलाई बिर्तामोडस्थित माईती घर ल्याएकोका थिए । उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने श्रीमान् कमललाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।