धरान: धरान १३ अमरहाट निवासी तेजबहादुर राईको स्मृतिमा परिवारजनले अक्षयकोष स्थापना गर्ने भएका छन् ।

गत माघ १९ गते निधन भएका ६५ बर्षीय राईको स्मृतिमा अक्षय कोष स्थापनाको लागि परिवारजनले अमर सेवा समाजलाई नगद १ लाख हस्तान्तरण गरेका छन् । शुक्रबार ४५ औं दिनको पुण्य तिथीको अवसरमा स्वर्गीय राईकी श्रीमति शोभा राई, छोरा दिनेश राई, ठुली छोरी इन्द्रकला राईले एक लाख नगद समाजलाई हस्तान्तरण गरेका थिए । परिवारजनले समाजका अध्यक्ष भुमीराज पेहिम लिम्बुलाई नगद हस्तान्तरण गरेका थिए ।

संखुवासभाको ताम्खुमा २०१३ माघ ११ गते जन्मिएका राई लामो समय निजामति सेवामा कार्यरत रहेका थिए । उनी २०७२ सालमा सुनसरी जिल्ला अदालतमा कार्यरत रहदा सुब्बा पदबाट अवकाश पाएका थिए । उनको गत माघ १९ गते निधन भएको थियो । स्वर्गीय राई अमर सेवा समाजका आजिवन सदस्य थिए ।

tej1

छोरी इन्द्रकला राईले बुबाको मार्ग दर्शनमा अघि बढ्न प्रेरणा मिलिरहोस् साथै सधै बुबालाई सम्झना रहिरहोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताइन् । उनले भनिन्,‘बुबाको मार्गदर्शनमा अघि बढीरहन प्रेरणा मिलिरहोस्, बुबालाई सम्झना रहिरहोस् भनेर अक्षयकोष स्थापना गर्ने निर्णय गर्यौ ।’ परिवारजनले अक्षयकोषको रकमबाट आउने ब्याजले हरेक बर्ष विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने चाहना रहेको जनाएको छ । 

समाजका अध्यक्ष भुमीराज पेहिम लिम्बुले अक्षयकोष समाजकै सहकारीमा राख्ने जानकारी दिदै परिवारको चाहना अनुसार नै बर्षेनी कार्यक्रम गरेर प्रदान गर्ने बताए । उनले आगामी बर्षदेखि कार्यक्रम गरिने पनि बताए । 

भिडियो: