धरान: होली पर्वको अवसरमा शुक्रबार धरान १३ स्थित अमर सेवा समाजले श्रष्टा र सृर्जनासँग होली कार्यक्रम आयोजना गरि मनायो । 

एक आपसमा रंग दलेर खुशी साटासाट गरि मनाउने पर्वलाई फरक तरिकाले मनाउने क्रममा समाजले श्रष्टा र सृर्जनासँग होली कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा धरानका कवि तथा श्रष्टाहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा परिक्रमा श्रेष्ठ, ईन्दु योन्जन नेपाल, मणी राई गोठाले, दिलिप चाम्लिङ्ग, हिक्मत खड्का, हेनसन याक्खा, अज्ञात मान्छे, कुमार प्रधान कल्पित, बाल कुमारी गुरुङ्ग, पर्मिला राई, नगेन्द्र सुवेदी, बिजय घिमिरे, तिर्थराज विक, बिष्णु प्रसाद चौलागाई, आईतीमाया तामाङ लगायतले आफ्ना सृजना वाचन गरेका थिए ।  

holi-amar-sewa7

समाजका अध्यक्ष भुमिराज लिम्बुले साहित्य तथा कविता गोष्ठीहरु आउदा दिनहरुमा पनि निरन्तर आयोजना गर्ने बताए । समाज २०५२ सालमा स्थापना भएको भन्दै उनले समाजले विभिन्न विधासँग जोड्दै लैजाने पनि बताए । कार्यक्रममा वडा नं १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा डा. गोपाल भण्डारी थिए । अतिथिहरुमा वरिष्ठ पत्रकार भवानी वराल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, हर्क बहादुर कटुवाल , हरिहरप्यारा श्रेष्ठ लगायत थिए ।

भिडियो:

holi-amar-sewa1

holi-amar-sewa2

holi-amar-sewa4

holi-amar-sewa5

holi-amar-sewa-samaj