झापा: मेचीनगर नगरपालिका १० बाट लागुऔषधसहित आमा-छोरा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही स्थानकी ४५ बर्षीया मैनी खातुन र उनका छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् । उनीहरुलाई हिजो मंगलबार बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो । 

प्रहरीले खातुनको घरमा चेकजाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर र २४ ग्राम गाँजा वरामद गरेको थियो । यस्तै, डिजिटल तराजु १ थान, नगद ९ हजार ५ सय ६० रुपैया र बिभिन्न कम्पनीका मोवाईल ९ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका आमा छोरालाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।