उदयपुर: उदयपुरगढी गाउँपालिका १ मा आगोलागीमा परि एक महिलाको मृत्यु भएको छट भने ८ घर जलेर नष्ट भएको छ ।

हिजो बेलुका ४ बजे गौर बहादुर मगरको फुसको छानो भएको २ तले घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागी हुँदा हिडडुल गर्न नसक्ने मगरकी ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी ज्यान गएको हो । आगो फैलिएर छिमेकीहरु शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगरको घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगोमा परेर बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जलेर मृत्यु भएको प्रहरीको भनाई छ। आगो स्थानीयबासी र प्रहरीको सहयोगमा राती साढे ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब १ करोड २१ लाख बरावरको क्षति भएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।