झापा: झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । 

सोमबार एक समारोहका बिच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले प्रदेश सरकार शान्तिसुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको बताए । उनले सुविधायुक्त गन्तव्यमा पु¥याउनका लागि जोखिम मोलेरै भए पनि ट्राफिक प्रहरीले काम गर्ने गरेको पनि बताए ।

नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने मन्त्री कार्कीको भनाई थियो । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उनले भवनको उचित व्यवस्थापन गर्न निर्देशन पनि दिए । 

प्रदेश सरकारले मेची पुलदेखि कोसी पुलसम्म तथा जोगवनी देखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको पनि कार्कीले बताए । सिसी क्यामेराले मानिसलाई अनुुशासित बनाउने बताउँदै दुर्घटनामा कमी आउने बताए । दुर्घटना न्यूनीकरणमा सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

IMG_3568

आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमा निर्माण भएको हो । कार्यक्रममा भवन निर्माणका सहयोग गर्नेलाई सम्मान पनि गरिएको थियो । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुण कुमार बिसी, प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव खतिवडा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।