धरान: मोरङ र झापामा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो (सोमबार) मोरङको बुढिगंगा १ गंगाचौकस्थित कोशी लोकमार्गमा ना ३ ख २३९ नम्बरको नेपाली डिब्बावाला कन्टेनरले अचानक टर्निङ  गर्नें क्रममा सोही दिशामा जादै गरेको मोटरसाइकल ठक्कर खाएको थियो । उत्तरबाट दक्षिण जाँदै गरेको कन्टेनरमा स १० प २८८६ नम्बरको मोटरसाइकल ठोक्किदा चालक २५ को किशोर कुमार माझी घाईते भएका थिए ।

उनलाई उपचारको लागि  बिराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कन्टेनर चालक सिन्धुली कमलामाई ननगरपालिकाका ३४ बर्षीय चन्द्र बहादुर देवकोटालाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ । दुवै चालकले मादक पदार्थ सेवन नगरेको तर लापारवाही तरिकाले सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीको भनाई छ । 

यसैगरि, सोमबार नै झापाको बुद्धशान्ति गाउँपालिका १ पुलचोकमा पर्ने मेची राजमार्ग सडकखण्डमा दुर्घटनना हुँदा मोटरसाइकल चालक बुद्धशान्ति ४ का २५ बर्षीय अञ्जन फागोको मृत्यु भएको छ । प्रहरीका अनुसार दक्षिणबाट उतरतर्फ जादै गरेको ना. ३ ख ५४६२ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा नम्बर प्लेट नभएको क्रस फायर बाइक अनियन्त्रित भएको र ट्रकको पछाडीको चक्कामा परेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालकको बाँया खुट्टा र कम्मरमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बि.एण्ड सी.हस्पिटल पठाईएको थियो । घाइते फागोको उपचारको क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि चालक भने फरार भएका छन् । उनको खोजी भयरहेको प्रहरीले जनाएको छ । घटनास्थल बुधबारेबाट करिब १ किलोमिटर उत्तरमा पर्छ ।