सुनसरी: सुनसरीमा मोटरसाइकल दुर्घटनामा रामधुनी नगरपालिका वडा ६ का सचिवको मृत्यु भएको छ । 

प्रहरीका अनुसार रामधुनी नगरपालिका ६ बक्लौरीमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी वडा सचिव ५३ बर्षीय नन्दकुमार श्रेष्ठको मृत्यु भएको हो । ईचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक रामधुनी ६ का वडा सचिव श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।