धरान:प्रहरीले मोरङ र झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ गरेको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर १५ बाट सुनसरीको इटहरी ४ घर भएका ४० बर्षीय राजेन्द्र केसी ब्राउन सुगरसहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले को २५ प ७६५८ नम्बरको मोटररसाइकलमा भारतको जोगवनीबाट नेपालतर्फ आउदै गरेका केसी पक्राउ परेका हुन् । उनको साथबाट ७ ग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । 

यस्तै, झापाको मेचीनगर नगरपालिका ३ का ३० बर्षीय अरुण प्रधान पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले भारतबाट नेपाल आउदै गरेको बेला कन्काई ६ बाट पक्राउ परेको हो । प्रधानको साथबाट २ ग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।