सुनसरी: इटहरीमा आज बिहानै स्कुल बसको ठक्करले एक महिलाको ज्यान गएको छ । 

इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान ५ बजेर १० बजेको समयमा इटहरी १८ नयाँ टोलस्थित कान्छी चोक–चतरा सडकखण्डमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो । चतरातर्फ विद्यार्थी लिन जादै गरेको बेबिलोन बोर्डिङ स्कुल इटहरीको को १ क १८६६ नम्बरको बसले ठक्कर दिदा महिलाको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको र पहिचान खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । 

मृतक महिला अन्दाजी ५०, ५५ बर्ष उमेर देखिएकी छिन् भने तराईबासी जस्तो देखिने पनि प्रहरीले जनाएको छ । स्कुल बस ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार छन् । तीब्र गतिको कारण उक्त दुर्घटना भएको ट्राफिक प्रहरीको भनाई छ ।