ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाँउपालिका २ लासा टोलमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार स्थानीय २३ बर्षीय मुकेश भट्टराईको चट्याङ लागेर मृत्यु भएको हो । हिजो राति पौने ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर भट्टराई घाईते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएको थियो । उनको उपचारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ