धरान: भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको सट्टाबाजी खेल खेलाउने र खेल्ने २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

मोरङ प्रहरीका अनुसार विराटनगर ६ का ४२ बर्षीय सचिन कुमार साहले आइपिएलको सट्टाबाजी खेल खेलाउने गरेका थिए । यस्तै, विराटनगर ९ का ४४ बर्षीय भुपेन्द्र साह सट्टाबाजी खेल्ने गरेको प्रहरीले जनाएको छ । दुर्वलाई प्रहरीले बुधबार पक्राउ गरेको हो  ।

दुवैलाई सट्टाबाजी मुद्दामा मोरङ जिल्ला अदालतबाट बिहिबार ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ थान मोवाइल, सिद्धार्थ बैंकको चेक, लक्ष्मी बैंकको चेक र नगद २८ हजार ३ सय २५ रुपैया पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ ।