धरान: कोशी राजमार्ग अन्तरर्गतको धरान इटहरी सडकखण्डमा भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

धरानबाट इटहरीतर्फ जादै गरेको ना ५ ख ८११९ नम्बरको बस र धरानतर्फ आइरहेको को २६ प ३२१३ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त दुर्घटनामा बसमा यत्रा गरिरहेकी मोरङ सुन्दर हरैचाकी ५५ बर्षीय ललीमाया कामी गम्भीर घाइते भएको ट्राफिक वरिष्ठ हवल्दार सुरेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार घाइते महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल चालक र बसमा सवार अन्य ११ जना पनि सामान्य घाइते भएको श्रेष्ठले जानकारी दिए । दुर्घटना विश्वकर्मा मन्दिर केही दक्षिणमा भएको हो । सडक निर्माणाधिन अवस्थामा रहेको र खाल्डाखुल्डी भएको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । 

तस्बिर स्रोत: बासुदेव वराल