धरान: सेवा निवृत भारतीय गोर्खा सैनिकहरुको समस्या चाडै समाधान हुने भारतीय गोर्खा सैनिक धरान पीपीका मेजर अभिषेक सिंहले बताएका छन् । 

भारतीय भुतपुर्व संघको १९ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुपुहरुको समस्या समाधान गर्न आफुले कुनै कसर नछाड्ने प्रतिवद्धासमेत व्यक्त गरे । कार्यक्रममा ८५ बर्ष भन्दा माथिका ५ जना सेवा निवृत सैनिकहरुलाई सम्मान गरिएको थियो । भारतीय भूतपुर्व संघ, केन्द्रीय कार्यलय धरान १३ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता भुपु कर्णेल बिजय कुमार राईले गरेका थिए ।

indian1

कार्यक्रममा पुर्वका उर्लाबारी, पथरी, इटहरी, शान्तिनगर, तरहरा, चतरा, डाडा गाउँ र धरानमा अवकाश प्राप्त जीवन (रिटायर्ड लाइफ) बिताइरहेका ३ सय भन्दा बढि भुपुहरु तथा उनीहरुको परिवारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा साकेला, केलाङ, तामाङ सेलो जस्ता नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्तिथि भएका अतिथिहरुलाई संघका उपाध्यक्ष नेत्र प्रसाद लिङ्लेखुले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन संघका सचिव भिम कुमार राईले गरेका थिए ।